बुटवल कोरोना अस्पतालमा थप दुई जनाको मृत्यु

बुटवल। रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा नवलपरासी र रुपन्देहीका एक पुरुष र एक महिला रहेका छन् ।

गत वैशाख १७ गते संक्रमण पुष्टि भई अस्पतालमा भर्ना भएकी नवलपरासीको रामग्राम–१० की ४५ वर्षीया महिलाको शनिबार बिहान ४ बजे मत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनलाई एचडीयूमा राखी उपचार गरिएको थियो ।

त्यस्तै, रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको ५ बजेर ४५ मिनेटमा मृत्यु भएको उनले बताए । मृतकलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको गौतमले जानकारी दिए ।

 

 
 
  
 

You may also like