रुपन्देहीमा निषेधाज्ञा उल्लंघनको आरोपमा ३ जना जेल चलान

बुटवल ।रुपन्देहीमा निषेधाज्ञा उलंघन गरेको आरोपमा ३ जनालाई जेल चलान गरेको छ । भैरहवामा बिहिबार निषेधाज्ञा उलंघन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले उनिहरुलाई एक महिनाका लागि कारागार चलान गरेको हो ।

रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले ८ जनालाई पक्राऊ गरेको थियो । ८ जना पक्राउ परेका मध्ये ५ जना धरौटी छुटेका छन् ।

रुपन्देहीको सिदार्थनगरका -८ का २८ बर्षीय श्याम दुबे , मायादेवीका -२ , ८ का ३४ बर्षीय महेन्द्र कोहार र दिनेश यादव ९ हजार तिर्न नसकेपछि उनीहरुलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए । । संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम उनीहरुलाई कारवाही गरिएको उनको भनाई थियो ।

 
 
  
 

You may also like