नेपालमा थप ४,९२८ जनामा कोरोना संक्रमण , ३५ जनाको मृत्यु,

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४,९२८ जना संक्रमित भेटिएका हुन् ।

कोरोना भाइरस संक्रमणबाट आज (बिहीबार) थप ३५ जनाको ज्यान गएको छ ।
उपत्यकामा थप १,५६१ जनामा कोरोना संक्रमण पुष्टि
निषेधाज्ञा लागू भएकै दिन काठमाडौं उपत्यकामाथप १,५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १,१२७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

 
 
  
 

You may also like