त्रिविका सबै पूर्व निर्धारित परीक्षा स्थगित

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले सञ्चालित भइरहेका र सञ्चालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको छ ।

कोरोना महामारीको दोस्रो लहरका कारण विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी भएको बताउँदै केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु वैशाख १४ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो ।

हेर्नुस् सूचना:

 

 
 
  
 

You may also like