बैसाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा

काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी हुने भएको छ । आज (सोमबार) काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, खाद्यपदार्थ र औषधी पसल बाहेकका अरु पसल बन्द गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

वैशाख १६ गतेदेखि सार्वजनिक र निजी यातायात पनि बन्द गर्ने स्रोतको भनाइ छ । होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउने छन् । आजै निषेधाज्ञाबारेको विस्तृत निर्णय सार्वजनिक गरिने छ । वैठकमा सहभागी एक अधिकारीका अनुसार निषेधाज्ञामा यायायात पूर्ण रुपमा बन्द गरिनेछ । तर बैंक र सरकारी कार्यालय भने खुल्ने छन् ।

अत्यावश्यक र तोकिएका काम बाहेक निस्कनेमाथि कडाइ गरिनेछ । खाद्यान्नका पसल खुल्ने छन् । स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कानुनी दायरामा ल्याइने समेत सहमति भएको छ । यसबाहेक निषेधाज्ञामा खोल्न पाइने र नपाइने विषयमा छलफल जारी छ । जसअनुसार शैक्षिक संस्था, होटल, व्यवसाय (अत्यावसेक बाहेक), पार्टी प्यालेसलगायतका क्षेत्र बन्द हुनेछन् । शव वाहन, एम्बुलेन्स, खानेपानी, औषधि, खाद्यका गाडी, खाद्यान्न पसल, औषधि पसलसहितका अत्यावषेक क्षेत्रहरु खुला हुनेछन् ।

वैठकमा सहभागी एक अधिकारीले भने, ‘विस्तृत कुरा सूचनामार्फत सार्वजनिक भइहाल्छ । तर निषेधाज्ञाको कडा कार्यान्वयन गर्ने गराउने कुरा भएको छ । अहिलेको महामारी विगतको भन्दा डरलाग्दो देखिएको छ । यसबारे आगामी दिनमा थप कडा निर्णय लिनुपर्ने हुनसक्छ ।’

 
 
  
 

You may also like