२०७८ बैसाख १३ गते सोमबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत पनि बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । व्यवसायमा सफलता पाइनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । धार्मिक यात्राको योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ र सफलता मिल्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मन भावुक र उत्ताउलो बन्न सक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुने र प्रेममा मनमुटाव पनि आउला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । पहेंलो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मन प्रसन्न रहने र मनमा शान्ति मिल्ने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म, कर्ममा मन लाग्नेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । सामाजिक कार्यमा सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुन सक्छ । जोश, जाँगर र हिम्मत बढ्ने र शुभ कार्यको योजना बन्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सजिलै अरूको मन जित्न सकिने छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । कृषि कार्य अघि बढ्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । जोश, जाँगर र उमङ्ग बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like