मोटरसाइकल र ट्याक्सी ठोक्किँदा छोराको मृत्यु, दम्पती घाइते

दाङ । दाङमा मोटरसाइकल र ट्याक्सी ठोक्किँदा एक बालकको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
हिजो बेलुकी बबई गाउँपालिका ६ पञ्चकुलेमा रा ५ प ५६०४ नम्बरको मोटरसाइकल र भे १ ज १००२ नम्बरको ट्याक्सी ठोक्किँदा मोटरसाइकलमा रहेका एक बालकको ज्यान गएको हो ।

बालकका आमा–बुवा घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । उनका अनुसार दुर्घटनामा बबई गाउँपालिका ६ मोतिपुर ८ वर्षका स्पर्श आचार्यको ज्यान गएको हो । आचार्यका बुवा ३९ वर्षका सुदीप आचार्य र आमा २८ वर्षकी पार्वती आचार्य घाइते भएका प्रहरीले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

 
 
  
 

You may also like