गुल्मी कुर्घा–रुपन्देही सम्पर्क समाजले रक्तदान कार्यक्रम गर्ने

बुटवल । गुल्मी कुर्घा–रुपन्देही सम्पर्क समाजले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । ‘गुल्मी कुर्घा–रुपन्देही सम्पर्क समाजको सार, सद्भाव र एकताको आधार’ भन्ने मूल नाराका साथ स्थापना भएको समाजले स्थापना दिवसको अवसरमा वैशाख ८ गते बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

समाजका अध्यक्ष तेजनारायण अर्यालले रक्तसञ्चार केन्द्र बुटवलमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरी सहयोग गर्न समाजसेबी सबैलाइ अनुरोध गरेका छन् । बिहान ७ बजेदेखि कार्यक्रम सुरु हुनेछ । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा अस्पतालमा उपचारत बिरामीहरुलाई रगत अभाव नहोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए । उक्त समाजले यस अघिपनि बिभिन्न सामाजीक र रचनात्मक कामहरु गर्दै आईरहेको छ ।

 

 
 
  
 

You may also like