लुम्बिनीमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका चार सांसदलाई मन्त्री, आजै सपथ

बुटवल। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले आज (सोमबार) मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् ।नेकपा माओवादी केन्द्रले आजै उनलाई दिएको समर्थन फिर्ता गर्नुका साथै माओवादी मन्त्रीहरुले राजीनामा दिएका थिए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य मुख्यमन्त्री शंकर पोखरेलतिर लागेका छन् । आजै माओवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता गराएको छ । ‘जसपाका चार जना सांसदलाई मन्त्री बनाउने तयारी छ,’ पोखरेल निकट स्रोतले भन्यो ।

उनका अनुसार जसपा सांसदहरु विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय र सुमन शर्मा रायमाझीलाई मन्त्री बनाउन लागिएको हो । सांसद कल्पना पाण्डेले आज दर्ता गरिएको अविश्वास प्रस्तावमा आफू सहभागी नरहेको बताइन् । नव नियुक्त मन्त्रीहरुको आजै ४ बजे सपथग्रहण हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

 
 
  
 

You may also like