फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल–मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।

यसअिघ गत चैत २२ गते मात्र मूल्य बढाइएको थियो । निगमका अनुसार अब काठमाडौंका लागि नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर पेट्रोलको १२१ र डिजेल–मट्टितेलको १०४ रुपैयाँ निर्धारण गरिएको छ ।

आन्तरिक उडानका लागि प्रयोग गरिने हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाएर ७६ रुपैयाँ कायम गरिएको छ । निगमका अनुसार एलपी ग्याँस तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत् नै राखिएको छ ।

 

 
 
  
 

You may also like