थप ७६८ जनामा कोरोना पुष्टि, २४ घण्टामा २२६ जना संक्रमण मुक्त

काठमाडौँ । नेपालमा थप ७६८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७६८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।त्यस्तै स्वास्थ्य मन्त्रालयले ७५ जनाको एन्टीजेन परिक्षण पोजेटिभ देखिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ८३ हजार ६५८ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ५४५ रहेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा २२६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७५ हजार ३८ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा कोरोना निको हुने प्रतिशत ९७ रहेको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ५ हजार ३३३ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २३ लाख ४० हजार ४१७ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ७४ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ५ हजार ५४५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०७५ रहेको छ ।यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०८ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like