आत्महत्या गर्न नदीमा हामफालेकालाई मलामीले बचाए

बर्दिया। बर्दियामा आत्महत्या गर्न नदीमा हामफालेका एक युवाको उद्दार गरिएको छ । शुक्रबार जिल्लाको मधुवन नगरपालिका–७ का ३५ वर्षीय पुरुषले स्थानीय कुसुम्बाघाटमा रहेको झोलुङगे पुलबाट हामफालेर आत्महत्या प्रयास गरेको प्रहरीले भएको हो ।

उनी नदीमा हामफालेको देखेपछि सोही स्थानमा रहेका मलामीहरूले उद्दार गरेका थिए । ती पुरुषलाई उपचारको लागि नेपालगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ भने उनको अवस्था गम्भीर रहेको छ । मानसिक रोगी समेत रहेका उनको बायाँ खुट्टा भाँच्चिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

 
 
  
 

You may also like