ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट नहटाएसम्म चैनको सास लिन सकिंदैन : शेखर कोइराला

सप्तरी। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट नहटाएसम्म चैनको सास लिन नसकिने बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा आज ९शुक्रबार० आँखा अस्पतालको उद्घाटन गर्दै कोइरालाले वर्तमान सरकारको अराजकता अन्त्य गर्न पनि केपी ओलीलाई कुर्सीबाट हटाउनुपर्ने बताए । ‘यो सरकार जति अगाडि बढ्छ त्यत्ति अराजक बढ्छ’ उनले भने, ‘त्यहीं भएर यो सरकारलाई हटाएर सर्वदलीय सरकार बनाउनु जरुरी छ ।’

देश अत्यन्तै जटिल मोडबाट गुज्रिरहेको बताउँदै उनले संसदीय व्यवस्थामा विश्वास नभएका पार्टीले संसदलाई निकम्मा पार्ने खेल खेलिरहेको बताए । ‘संसद अनिर्णयको बन्दी बनेको छ । सरकारले बिजनेस दिन सकिरहेको छैन् । सरकारले बिजनेस नदिए सभामुखले कुनै न कुनै विजनेस दिनुपथ्र्यो’ उनले भने, ‘किन ल्याइरहनु भएको छैन, त्यो सभामुख र उनको पार्टी माओवादी केन्द्रले जान्ने कुरा हो ।’

संसद अनिर्णयको बन्दी बनिसकेपछि निकास भनेकै सहमतिमको सरकार बनाएर निर्वाचनमा जानुपर्ने उनले बताए । ‘तर कांग्रेस आफैं अलमलमा छ । जनता समाजवादी पार्टी दुई खेमामा परिणत भएको छ’ उनले भने ।

 
 
  
 

You may also like