स्वास्थ्य मन्त्रालयको अपिल- १४ जिल्ला कोरोना संक्रमणबाट अति प्रभावित, भिडभाड हुने क्षेत्र बन्द गरौँ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा कोरोनाको संक्रमण बढेको भन्दै सतर्कता अपनाउन सबैमा अपिल गरेको छ । विहिबार एक विज्ञप्ति जारि गर्दै मन्त्रालयले ८ बुंदे अपिल जारी गरेको हो । मन्त्रालयले अहिलेको संक्रमण बालबालिका र युवा वर्गमा देखिएको र मृत्यु दरपनि बढ्दो गतिमा रहेको भन्दै मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने बुझेर जिम्मेवार बन्न सबैलाई अपिल गरेको छ ।

मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राख्दै यी जिल्लाहरुमा बढी भिडभाड हुने विद्यालयसहितका सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था आएको बताएको छ ।

मन्त्रालयको अपिल :

 
 
  
 

You may also like