73
लुम्बिनी। आफूलाई हटाउने योजनामा लागेपछि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसविरुद्ध लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आक्रोश पोखेका छन् ।
आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री पोखरेलले माओवादी र कांग्रेस मिलेर राजनीतिक अस्थिरता सिर्जना गर्न खोजको आरोप लगाएका हुन् । उनीहरूमा देशको समस्या समाधान गर्न सक्ने क्षमता नरहेको उनको दाबी छ ।
नयाँ वर्षका दिन बुधबार राति मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली राजनीतिमा माओवादी र कांग्रेस मिलेर अस्थिरता र अन्योल सिर्जना गर्न त सक्लान् । तर विकल्प र स्थिरता दिने सामर्थ्य राख्दैनन् ।’