सरकारमा पनि जान्छौं, महाधिवेशन पनि गर्छौ : प्रकाशमान सिंह

चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको अस्थिर राजनीतिक अवस्थाबाट मुलुकलाई निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार जरुरी भइसकेको बताएका छन् ।

आज (मंगलबार) चितवन पुगेका नेता सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै वर्तमान सरकारले मुलुकलाई अस्थिरतातर्फ लगेको र नैतिकता गुमाएकाले मुलुकलाई विधिसम्वत तरिकाले निकास दिनु पर्ने बताएका छन् ।

उनले भने, ‘जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेको तर देशको अवस्थालाई हेरेर, अस्थिर राजनीतिलाई स्थिर बनाउन र बाँकी समयमा विकास निमार्णका काम गरी निवार्चन गराउन कांग्रेसको नेतृत्वको सरकार आवश्यक छ ।’

उनले नेपाली कांग्रेसले पाएको जिम्मेवारी सधैं पूरा गरेको र अहिले पनि पूरा गर्ने बताए । मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलई हटाउन कांग्रेस आफैं अग्रसर भएको उनको भनाइ छ । ‘अहिलेको सरकारले न भष्ट्राचार रोक्यो,न सुशासन कायम गर्‍यो, न विकास निमार्णका कार्य ग¥यो, विकास बजेटसम्म पनि खर्च गर्न सकेन,’ उनले भने, ‘राजनीतिमा नैतिकताको धेरै महत्व हुन्छ । यो सरकारले नैतिकता गुमाइसकेको छ । अब यसको विकल्प तत्काल दिनुपर्छ ।’

कांग्रेसका लागि महाधिवेशन कि सरकारको नेतृत्व महत्वपूर्ण ? भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले भने, ‘हाम्रो लागि देश र जनता महत्वपूर्ण हुन् । अहिलेको अवस्थाबाट निकास दिलाउन हामी सरकारमा पनि जान्छौं । महाधिवेशन पनि गर्छौं ।’ कांग्रेसको आगामी महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने उनको भनाइ थियो ।

 
 
  
 

You may also like