अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री : प्रदीप गिरी

काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले अहिलेको राजनीतिक संकटको मुख्य दोषी प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन् ।

आज (सोमबार) संसद वैठकमा बोल्दै उनले सकुनीले दोहोरा पासा फ्याँके जसरी पुनः संसद विघटन नगर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
सांसद गिरीले चुनावमा नै जाने हो भने पनि सहमतिमा जानुपर्ने बताएका छन् । त्यसका लागि आवश्यक पर्छ भने राष्ट्रिय सहमतिको सरकार बनाउन पनि तयार हुनुपर्ने उनले बताए । उनले भने, ‘अब छोड भनेर पुग्दैन । समाधान दिनुपर्छ ।’

 
 
  
 

You may also like