गोरखा फुजेल हत्याका सबै अभियुक्तलाई सफाइ दिने जिल्लाकै फैसला उच्चबाट सदर

काठमाडौं। गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका सबै अभियुक्तले उच्च अदालतबाट पनि सफाइ पाएका छन् ।
उच्च अदालत पाटनको, हेटौंडा इजलासले जिल्ला अदालत चितवनकै फैसला सदर गरेको हो । उच्च अदालतका न्यायाधीशद्वय चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासमा सुनुवाई भएको हो ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको २०६१ जेठ २४ गते चितवन रत्ननगरमा हत्या भएको थियो । हजुरबुवा–हजुरआमालाई भेट्न आएका बेला भएको हत्याको जिम्मा तत्कालीन विद्रोही माओवादीले लिएको थियो । हत्या आरोपमा २०७० चैत ३० गते १३ जनाविरुद्ध मुद्दा दायर भएको थियो । तर अदालतले केहीलाई साधारण तारेख र केहीलाई धरौटीमा रिहा गरेको थियो। तर त्यसविरुद्ध मुद्दा पुनः सर्वोच्चसम्म मुद्दा पुगेको थियो ।

१७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई आजीवन काराबासको सजाय माग गर्दै अनशन बसेकै बेला नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते मृत्यु भएको थियो । आमा गंगामाया वर्षौंदेखि अनसनरत छिन् । उच्च अदालतले जिल्लाकै फैसला सदरगरेसँगै यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्ने देखिएको छ ।

 

 
 
  
 

You may also like