नागरिक समाजको क्यालेण्डर ०७८ बिमोचन

बुटवल । रुपन्देही नागरिक समाजले २०७७ साल चैत्र २८ गते एक विशेष कार्यक्रमका बीच बि.स.२०७८ सालको क्यालेण्डर बिमोचन गरेको छ ।

रुपन्देही नागरिक समाजका जिल्ला अध्यक्ष क्या. रेशम के.सीको अध्यक्षता, सद्धार्थनगर नगरपालिका बडा नं. ९ का अध्यक्ष चेतकान्त भण्डारीको प्रमुख आतिथ्यता, संरक्षक पुर्व मन्त्री प्रकाश चित्रकारको विशिष्ट आतिथ्यता, उपाध्यक्ष श्रीराम गुप्ताको स्वागत मन्तब्य, कोषाध्यक्ष चन्द्र बहादुर रोकाको संचालनमा सो कार्यक्रममा सिद्धार्थ नगर कमिटि अध्यक्ष अमित गुप्ता, तिलोत्तमा न.कमिटि सचिव सिता पौडेल लगायत समाजका अन्य विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बडा अध्यक्ष भण्डारीले नागरिक समाजको समाज प्रतिको उत्तरदायित्वको उच्च प्रशंसा गर्दै सस्थाको प्रगतिको लागि शुभकामना दिए ।

अध्यक्ष केसीले क्यालेण्डर प्रकाशन उपसमितिका संयोजक जिल्ला सचिव दिपक रोका र सम्पुर्ण उपसमितिका सदस्यहरु, जिल्ला समिति र नगर समितिका पदाधिकारीहरु, विज्ञापन दाता, शुभेच्छुक सबैलाई क्यालेण्डर प्रकाशनमा सहयोग गरे वापत धन्यवाद ज्ञापन गरे । जिल्ला सचिव दिपक रोकाले क्यालेण्डर प्रकाशनले सस्थाको पहिचान व्यापक बनाउन साथै समग्र जनतासँग नागरिक समाजको सम्बन्ध निकट राख्न सहयोग पुग्ने कुरा व्यक्त गरे ।

 
 
  
 

You may also like