२०७७ चैत २८ गते शनिबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिले मन दुखाउन सक्नेछ, सचेत रहनुहोला, तर पनि उमङ्ग र उत्साह यथावत रहने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । सामाजिक कार्यमा मन जानेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्तबाट अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसँग भेटघाट र रामरमाइलो गरिनेछ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । बहुमूल्य वस्तु हात पर्नसक्छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज रमणीय र सुखद् यात्राको योग छ । प्रभावकारी बोलीले सङ्कल्पसिद्ध हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आदर्श व्यक्तिसँग भेटघाट हुनेछ । मनोरञ्जनात्मक कार्यमा सरिक भइनेछ । शुभ र नयाँ कार्यको चर्चा चल्नेछ, तर समान सामान हराउन पनि सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभ समाचार सुन्न पाइएला । बन्धुबान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
रोकिएको काम पुनः गर्दा फाइदा हुन सक्नेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ । शुभ कार्यको चर्चा चल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रेमीको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा रुची बढ्ने छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कला साहित्य तथा संगीतमा मन जानेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like