श्रीमतीको हत्या आरोपमा पक्राउ

बुटवल । रुपन्देहीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।सियारी गाउँपालिका–३ हर्नैयागाँउकी ५५ वर्षीया कुसुम बानियाँको हत्या आरोपमा श्रीमान् ६६ वर्षीय गनपत बानियाँलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गनपतले श्रीमतीको हत्या गरेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय बेथरी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धका प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 
 
  
 

You may also like