पछिल्लो २४ घण्टामा १७६ कोरोना संक्रमित थपिए

काठमाडौँ।पछिल्लो २४ घण्टामा देशभर १७६ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ।आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १७६ जनामा कोभिड १९ पोजेटिभ भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ ।

यसैगरी सोही अवधिमा ११७ जना कोभिड मुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार २४० रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाले नेपालमा ३ हजार ३२ को मृत्यु भएको छ । नेपालमा हाल १ हजार ६७२ सक्रिय संक्रमित रहेका छन् ।

 
 
  
 

You may also like