अस्ट्रेलिया पठाई दिन्छु भन्दै नौ लाख ठगी गर्ने पक्राउ

काठमाडौं। रोजगारीका लागि अस्ट्रलिया पठाइए दिन्छु भन्दै नौ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्ने २३ वर्षीय अमित भुजेल रहेका छन् । उनले ‘सर्ट टर्म ४५७’ भिसामा दुई–दुई वर्षका लागि अस्ट्रेलियामा काम गर्न पठाई दिने र १०५ दिनमै प्रक्रिया पुरा हुने भन्दै पीडितहरुबाट नौ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने वर्ष २१ को एरिक न्यौपाने र २५ वर्षका निर्देश खड्काले दिएको निवेदनका आधारमा प्रहरीले उनलाई माछापोखरीबाट पक्राउ गरेको हो । पक्राउ परेका भुजेल उपर थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

 

 
 
  
 

You may also like