२०७७ चैत १५ गते आइतबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज घुम्न जाने अवसर मिल्ने छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । दिनको उत्तरार्ध सुखद् रहने छ, तर सामान हराउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । लाभदायक यात्रा रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउने छ । खनपिनमा विचार गर्नु पर्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च पनि बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । परिवारमा सुख सन्तोष छाउला । मनोरञ्जन पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ । बैदेशिक कार्य पनि अघि बढ्ने छ, तर खानपिनमा सावधानी अपनाउन जरूरी छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लाभ, हानी, सुख, दुःख बराबरी खालको दिन रहनेछ । ठूलो करोबारमा लगानी नगर्दा वेश हुनेछ । प्रियजनसँग भेटघाटको अवसर पनि मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे,खो, गा, गि)
वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । विद्यामा सफलता पाइनेछ । प्रेममा प्रसङ्गमा मधुरता छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । आफन्तको साथ पाईनेछ र मनोरञ्जनमा सहभागी पनि भइनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like