ध्रुमुससुन्तली फाउन्डेसनको मंगलबार मेचिमहाकाली अभियान

बुटवल । ध्रुमुस सुन्तली फाउन्डेसनका पदाधिकारी, अभियन्ताहरु मंगलबारदेखि मेचिमहाकाली अभियान थाल्ने भएका छन । चितवनमा निर्माणधिन गौतम बुद्घ अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई देशको ७७ जिल्ला जोडने गरि कन्चनपुरबाट अभियान शुरु हुने भएको हो ।

अभियानको क्रममा बुटवलमा आईपुगेका टोलीलाई गोर्खाली युवा सशक्तिकरण संस्थाले स्वागत कार्यक्रममा ध्रुमुश–सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (ध्रुमुश)ले बताए । अभियान २४ र २५ चैत बुटवलमा घरदैलो गर्ने गरिने उनले बताए । देशको ७७ वटा जिल्लाको पहिचान हुने गरि रंगशालामा ७७ वटा कक्षहरु निर्माण हुने उनले बताए । बैशाखमा रंगशालाको पिच निर्माण गरिने उनले बताए जसमा महाकालीको माटो र मेचि नदीबाट माटो, लुम्बिनीको माटोलाई प्रयोग गरिने उनले बताए ।

अभियान देशभरका समग्र नागरिकलाई निम्तो दिने, जनस्तरबाट निर्माण हुन लागेको रंगशालामा सरकारको समेत सहकार्य जुटाउने लक्ष्य रहेको कलाकार तथा ध्रुमुश–सुन्तली फाउन्डेसनका अर्जुन घिमिरे (पाण्डे सोल्टी)ले बताए । आम नागरिकबाट तन, मन र धनबाट सहयोग गर्न उनले सुझाव दिए । संसार बदल्न आफुबाट शुरु गरौ । उनले बताए।

सामाजिक अभियन्ता अर्जुन भुषालले ब्यक्तिको नभई समग्र नेपालीको क्रिकेट रंगशाला भएको उनले बताए ।गोर्खाली सशक्तिकरण अध्यक्ष भरत पुरीले सबैको साथमा ठुला ठुला काम पूरा भएको उदाहरण दिदै राष्ट्रिय आयोजनाका रुपमा रहेको रंगशाला पनि पुरा हुने बताए । बुटवलका युवा रोजिन भण्डारी क्षेत्रीको जन्मदिनको अवसरमा फाउन्डेसनलाई ५ हजार ५ सय रकम सहयोग गरेका थिए।

 
 
  
 

You may also like