नेपालमा पहिलो पटक लेटिजका पानी तान्ने पम्पको बिक्री शुभारम्भ

बुटवल।लेटिज कम्पनीद्धारा उत्पादित पानी तान्ने विभिन्न हर्सपावरका पम्मको नेपालमा विक्री शुभारम्भ गरिएको छ ।भारतको गुजरातमा रहेको लेटिज कम्पनीवाट उत्पादित पहाडी क्षेत्रमा सिचाई र खानेपानीको लागि प्रयोग हुने समर सिवल पम्प, कृषिका लागि प्रयोग हुने एग्रिकल्चर पम्प र घरको भुईतला देखि १० तलासम्म पानी पुर्याउन प्रयोग  हुने मनोवलक पम्मका विभिन्न हर्स पावरका पम्पहरुको नेपालमा विक्री शुभारम्भ गरिएको हो ।

नेपालको लागि एक मात्र आधिकारीक विक्रेता बुटवल कालिगण्डकी सप्लायर्स प्रालिवाट अब आफुलाई चाहिने जुन सुकै हर्सपावरका पम्प खरिद गर्न सकिने भएको छ ।

खानेपानी संस्थान बुटवलका प्रमुख मोहन भटृले ग्राहकको मन जित्न सक्ने उत्पादन नै टीकाउ हुन हुनाले कम्पनीले त्यस विषयमा गम्भिर हुनु पर्नेमा जोड दिनु भयो ।

सन २००४ मा उत्पादन शुरु गरेको लेटिज कम्पनीले उपभोक्ताको खुशीलाई नै कम्पनीको सफलताको लक्ष्य लिएको जनाएको छ । कम्पनीका एक्जुकेटिभ डाईरेक्टर आयुष गर्गले समरपम्प शुन्य दशमलव ५ हर्सपावर देखि १२५ हर्सपावर सम्म, एग्रिकल्चरपम्प १ हर्सपावर देखि १५ हर्सपावर सम्मका र मनोवलक पम्प एक तला देखि १० तला सम्मका घरमा पानी पुराउन सकिने हर्सपावरका पम्प नेपाली बजारमा ल्याएको बताउनु भयो । कम्पनीका कार्यकारी निर्देशक पवन गर्गले गुणस्तरीय बस्तु उत्पादन र विद्युत कम खपत गर्ने गरि पम्पको उत्पादन गरिएको बताउनु भयो ।

शुक्रवार एक समारोहका बीच लेटिज कम्पनीले नेपालमा आफनो नयाँ उत्पादनका विक्री शुरु गरेको नेपालको आधिकारीक विक्रेता बुटवल कालिगण्डकी सप्लायर्सका प्रोपराईटर रामकृष्ण ढकालले बताउनु भयो ।

 
 
  
 

You may also like