बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष हिरा प्रसाद श्रेष्ठको निधन

बुटवल ।बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठको आज बिहान निधन भएको छ । केही महिनादेखि अस्वस्थरहेका श्रेष्ठको आज बिहान साढे ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

श्रेष्ठ बुटवलका प्रतिष्ठित ब्यवसायी हुन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पुर्व अध्यक्ष , सिद्धार्थ गौतमबुद्ध क्याम्पस व्यवस्थापन समितिका अध्यक्षलगायका संघसंस्थामा श्रेष्ठले लामो समय नेतृत्व गरेका थिए ।

उनका एक श्रीमती दुई छोरा र २ छोरी छन् । मृतक श्रेष्ठ सुरेन्द्रप्रसाद श्रेष्ठका पिता हुन् ।

 
 
  
 

You may also like