रोटरी क्लब अफ तिलोत्तमाद्वारा होलिमा हुने फजुल खर्च विद्यालय रंगरोगनमा

बुटवल। रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले होलिमा हुने फजुल खर्चलाई विद्यालय रंगरोगनमा लगाउने भएका छन।
नेपालीहरुको रंगहरुको पर्व होलीमा क्लबका सदस्यहरुले रमाईलोमा खर्च हुने रकम रुरु गाउपालिकास्थित थोर्गा चिउरे निमाविको भवन रंगरोगन गर्ने भएको हो ।

सामाजिक उत्तरदायित्व अन्तरगत क्लबको सिग्नेचर प्रोजेक्ट अन्तरगत विद्यालय रंगरोगन गर्न लागेको अध्यक्ष गोपाल ज्ञवालीले बताए । विद्यालयको ६ कोठे भवन रंगरोगनमा करिब ८० हजार रुपैया खर्च हुने उनले बताए। शनिबार क्लबको ४ सय ६७ नियमित बैठकमा सिग्नेजर प्रोजेक्ट र काठमाण्डौमा हुन गैरहेको डिजि कन्भेन्सनमा क्लबबाट धेरै भन्दा धेरै सहभागी हुने निर्णय समेत गरिएको उनले बताए।

यसैगरि एजी खिमानन्द भुषाल, पुर्व अध्यक्ष नवीन श्रेष्ठ, कोषाध्यक्ष निरज श्रेष्ठ, सदस्य भगवती अर्यालले नया र नमुना काममा क्लबका सबै सदस्यहरुको सक्रियता रहेको बताए ।

 

 
 
  
 

You may also like