पश्चिम नेपाल बस ब्यवसायी प्रालिमा दधि खरेल नेतृत्वको उम्मेदवारी

बुटवल ।पश्चिम नेपाल बस ब्यवसायी प्रालिको आगामी नेतृत्वको लागि दधिराम खरेल नेतृत्वको समुहले उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । फागुन २८ र २९ गते हुने अधिवेशनका लागि उम्मेदवारी मनोनयनको २ घण्टा अघि खरेल समुहले उम्मेदवारहरको नाम सार्वजनिक गरेको हो ।

प्रालिमा खरेल संगै पदमराज गाहा गरि दुई समुह बनेर उम्मेदवारी दिने तयारी भई रहेको छ । बुधबार १० बजेदेखि उम्मेदवारी मनोनयनको समय निर्धारण गरिएको छ ।

खरेल समुहले गरेको पत्रकार सम्मेलनमा निर्वाचन परिचालन समिति संयोजक केशवराज पन्तले खरेल संगै नारायण प्रसाद घिमिरे, जिवन कुमार बन्जाडे, गोपाल पौडेल, रामचन्द्र भुसाल, चेतनारायण बेल्वासे, मोहन पिएस, कृष्ण प्रसाद सापकोटा (सागर), जितेन्द्र खत्री ऋषिराम डुम्रे र कुस्माखर रेग्मी सञ्चालकमा उम्मेदवारी दिने घोषणा गरे ।

पत्रकार सम्मेलनमा बोल्दै दधिराम खरेल प्रालिको नेतृत्वमा अझै पनि तपाईं आउनुपर्छ भन्ने ब्यवसायीहरुको भावनालाई कदर गरेर आफुले उम्मेदवारी दिन लागेको बताए । २०२६ सालमा स्थापना भएको पश्चिम नेपाल बस ब्यवसायी संघ सरकारले नबिकरण नगरेपछि २०७६ सालमा प्रालिमा रुपान्तरण भएको थियो ।

प्रालिको यहि २८ र २९ गते नया नेतृत्वको लागि निर्वाचनको तयारी भई रहेको छ । यस अघि कार्यसमितीका पदाधिकारी र रुट सदस्यहरु गरि करीव ३३ जनाको कार्य समिती बन्ने गरेको भएपनि २०७६ साल यता ११ सदस्यीय सञ्चालक समिती बनाउने गरि प्रवन्धपत्र र नियमावली तयार गरि कम्पनीको रुपमा रुपान्तरण भएको थियो ।

कम्पनीको प्रवन्धपत्रमा साधारणसभा तथा अधिवेशनले ११ जना सञ्चालक छनौट गर्ने र ११ जना मध्ये बाट एक जना अध्यक्ष हुने ब्यवस्था छ । नेपालकै सबैभन्दा ठुलो यातायात ब्यवसायी संस्थाको रुपमा रहेको यस प्रालिमा करिव २ हजार ६ सय बस सञ्चालनमा छन भने २ हजार ३ सय ९६ जना मतदाताले मतदान गर्न पाउने छन ।

 
 
  
 

You may also like