राष्ट्रिय दलित पत्रकार संघको प्रथम राष्ट्रिय सम्मेलन बुटवलमा हुने

तिलोत्तमा। राष्ट्रिय दलित पत्रकार संघ, नेपालले प्रथम राष्ट्रिय अधिवेशन बुटवलमा गर्ने भएको छ । फागुन २८,२९ र चैत १ गते बुटवलमा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा हुने संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले बताए ।

महाधिवेशनमा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार र लेखनवृतीसमेत वितरण गरिने तयारी भएको अध्यक्ष पहाडीले बताए ।

महाधिवेशनमा आमसन्चार र समावेशीताको सवाल, “मिडियामा महिला: दलित महिला?” र दलित आन्दोलन युवा र आमसन्चार बिषयमा कार्यशाला गोष्ठी हुनेछ ।

करिव ४ सय पत्रकारको सहभागिता रहने उक्त अधिवेशनमा देशभरका ७७ जिल्लाका प्रतिनिधि उपस्थित रहने बताईएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय, समावेशी विकासका साथै सूचनाको हक, कार्यान्वयनको सवालमा सक्रिय छ ।

 
 
  
 

You may also like