रुपन्देहीबाट सिमेन्ट बोकेर काठमाडौं जादै गरेको ट्रक त्रिशुलीमा खस्यो , २ जनाको मृत्यु

बुटवल । रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं हिडेको ट्रक धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

लु १ ख ७७६२ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही स्थान घर भएका सहचालक २८ वर्षीय समुन सञ्जेलको मृत्यु भएको हो ।

दुवैको ट्रकले थिचिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका सूचना अधिकृत प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरीको टोलीले शव निकाली पोस्टमार्टममा लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाएको पनि प्रहरीले बताएको छ । दुर्घटना कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

 
 
  
 

You may also like