राजनीतीक तरलतालाई सहि दिशामा लैजान काङ्ग्रेसको नेतृत्व आवश्यक-नेता गुरुङ्ग

बुटवल । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ्गले देशमा देखिएको हालको राजनीतीक तरलतालाई सहि बाटोमा लैजानको लागि नेपाली काङ्ग्रेसको नेतृत्व आवश्यक रहेको बताए । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलय बुटवलले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता गुङ्गले कम्नियुष्टलाई जनताले ठुलो आसा र भरोसाका साथ करिब दुईतिहाईको मत दिएर सरकारमा पठाए तर आज जनताको मतको अपमान हुनुको साथै मुलुकलाई अस्तिरता तर्फ धकलियो ।

उनले सर्वोच्चको पछिल्लो फैसलाले जनताको भावनाको कदर गरेको बताए ।उनले काङ्ग्रेस पार्टी जनताको र राष्ट्रको हितमा सधै उभिने पार्टी भएकोले अहिले देखिएको राजनितिक तरलतालाई पनि सबै दलको सहमतिमा काङ्ग्रेसले नै पार लगाउने बताएका छन् । जब जब मुलुकमा संकटको अवस्था आउदा काङ्ग्रेसले नै नेतृत्व गरेको बताउदै काङ्ग्रेस सबै ढोका खुला गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । नेता गुरुङ्गले भने सरकारको नेतृत्वको लागि दलहरुबाट काङ्ग्रेसलाई प्रस्ताव आईरहेको तर काङ्ग्रेसले सरकार र संसदको गंतव्य निरक्योल भएपछि मात्रै सरकारमा जानुपर्ने बताए । नेपालको संधिान अनुरसार प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने भए पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने सम्भावना कमै रहेको जीकीर गरे ।

नेता गुरुङ्गले नेपाली काङ्ग्रेसको १४ औ माहाधिवेशनमा केन्द्रिय सभापतिमा आफ्नो उमेदवारी रहने दावी गरे । केन्द्रिय सदस्य समेत रहेका गुरुङ्गले भने परिर्वतनको लागि कसै न कसैले साहसीक कदम चाल्नु पर्ने जरुरी भएकाले आफु उमेदवारीका लागि मात्रै नभएको बताउदै नयाँ पुस्ताले अबको नेृत्तव लिनु पर्ने भएकाले आफ्नो उमेदवारी फिर्ता नहुने ठोकुवा गरे । कार्यक्रम रिपोर्टर्स कलब नेपाल लुम्बिीनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो

 
 
  
 

You may also like