लायन्स एरिया ४ अन्तर्गत रिजन ३९ कन्फ्रेन्स कार्यक्रम सम्पन्न

बुटवल।लायन्स ईन्टरनेशनल ३२५ बि २ अन्तर्गत एरिया ४ को रिजन ३९ को आयोजनामा क्षेत्रिय भेला सम्पन्न भएको छ । कार्यक्रमको लायन्स ईन्टरनेशनल ३२५ बि २ का डिजि शम्भु नकर्मीले उद्घाटन गर्दै सामाजिक सेवामा लायन्स विश्वमा नै अलग पहिचान बनाउन सफल रहेको बताए । ब्यक्ति समृद्ध भए देश समृद्ध हुने उनले बताए । यो रिजन अन्तर्गत क्लबहरुको काम फरक मात्र नभई नमुना काममा अग्रसर रहेको बताए । सधै क्लबका लागि गर्ने काम रिजन जोन पर्सनको भुमिका भएको भन्दै यो कार्यमा रिजन ३९ एक नम्बर भएको बताए ।

डिष्ट्रिकमार्फत १४ वटा क्लबहरुलाई आफ्ना अभियान संचालन गर्न थोरै थोरै बजेट निकासा गरेर भन्दै यो एउटा प्रोत्साहन बापत लिन सुझाव दिईन।

कार्यक्रममा ट्रान्सपेन्सि ईन्टरनेशनलकी अध्यक्ष पद्मीनी प्रधानाङ्गले देशको भष्ट्राचार न्युनिकरण गर्न सामाजिक संस्थाहरु अभियान रुपमा प्रतिवद्घता जनाउने गरि अघि बढ्न सक्नुपर्ने बताए । देशकै हरेक गतिविधिलाई सिग्नेचर अभियान थाल्न सुझाव दिदै ब्यक्ति, समाज हुँदै देशको सुशासन आउने उनले दाबी गरिन । आफ्नो क्षेत्रबाट टिआई संस्थागत सहकार्य गर्न समेत तयार रहेको प्रतिवद्घता जनाईन।

कार्यक्रममा जोन ७७ का चेयरपर्सन सुश्मा केसी, जोन ७८ का चेयरपर्सन बिनित भट्टराईले रिजन ३९ अन्तरगतका क्लबहरुबाट वर्षभरि गरिएका गतिविधि प्रकाश पारेका थिए । पाच वटै डिष्ट्रिकहरु नियमित वार्षिक कार्यहरु सम्पन्न गरेको उनले बताए ।
क्लबको उदेश्यबारे सदस्यहरुलाई जानकारी दिदै नियमित वार्षिक कार्ययोजना संचालन गर्ने, एक्टिभ गर्ने जस्ता काम गरेको बताईन।

लायन्स रिजन ३९ का अध्यक्ष सीता भट्टराईले महिलालाई घरबाहिर सामाजिक कार्यमा हिड्न धेरै चुनौति रहेको भन्दै परिवारको साथ धेरै महत्वपुर्ण हुने बताईन।

कार्यक्रममा लायन्स क्लब बुटवल खस्यौलीका अध्यक्ष राजु पौडेलले समयसापेक्ष युट्युब, रेडियो मार्फत सचेतना र अन्तरक्रिया कार्यक्रमहरुलाई जोड दिएको बताए ।
समाजमा पछिल्लोसमय युवा वर्गमा ठूलो समस्याका रुपमा देखापरेकोआत्महत्या न्युनिकरण अभियान नै चलाएको उनले बताए ।

कार्यक्रममा पिडिजि शोभा जोशी, पिडिजि महेन्द्र नारायण श्रेष्ठ, अरुणप्रताप राणा, एरिया ४ का चिफ सन्दिप कसौधन, ग्लोबल लिडरसिप टिमका डिष्ट्रिक चेयर उमंग देवकोटा, सुनिता बजिमय, सुरेशरत्न बज्राचार्य, नवराज न्यौपाने, पुरुषोत्तम प्रधानाङ्ग, टंक प्रसाद गैरे, विनिता बज्राचार्य, लायन्स क्लब अफ बुटौलीका अध्यक्ष बासुदेव शर्मा, लायन्स क्लब अफ बुटवल खस्यौलीका सचिव विकास गौतमले लायनबाद आत्मसात गर्दै सबै क्लबहरु प्रतिस्पर्धात्मक रुपमा सामाजिक काममा अग्रसर रहेको बताए।

कार्यक्रममा रिजन अन्तरगत विभिन्न परियोजना संचालन गर्ने क्लबका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो।

 
 
  
 

You may also like