संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्ने काँग्रेसको घोषणा

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको बताएकी छिन् । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सचेतक भुसालले बैठक सहज सुचारु हुन नसकेकोमा पनि गम्भीर रुपमा लिएको बताइन् ।

उनले भनिन्, प्रतिनिधिसभाको पहिलो बैठकमै केही सांसदले बैठक बहिस्कार गरेर हिँड्नुभएको छ । यसप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले गम्भीर रुपमा लिएको छ । काँग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश भने स्वीकार नगर्ने भुसालले बताइन् ।

 
 
  
 

You may also like