प्रधानमन्त्रीले आज त्रिवि शिक्षण अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर खोप लगाउन लागेका हुन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड–१९ खोप अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउनबारे जानकारी दिएका थिए ।

प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ । सरकारले आजबाट ६५ वर्षमाथिका १६ लाख बढी ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम शुरु गर्दैछ । ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिने सरकारले तयारी गरेको भए पनि आवश्यकता अनुसार खोप उपलब्ध नभएपछि सरकारले ६५ वर्षमाथिकालाई मात्र खोप लगाउने भएको छ ।

 

 
 
  
 

You may also like