‘विप्लव’ आज दुई वर्षपछि सार्वजनिक हुँदै, प्रधानमन्त्रीसँगै एउटै मञ्चबाट सम्वोधन गर्दै

काठमाडौं। सरकारसँग भएको तीन बुँदे सहमतिसँगै दुई वर्षदेखि भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ आज (शुक्रबार) सार्वजनिक हुँदैछन् ।

तीन बुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज दिउँसो २ बजे काठमाडौंमा आयोजना गरिने संयुक्त ‘विशेष समारोह’ मा चन्द सार्वजनिक हुन लागेका हुन् । चन्द र प्रधानमन्त्री केपी शर्मा ओली एउटै मञ्चमा देखिने छन् ।

बिहीबार बिहान भएको तीन बुँदे सहमतिपछि हिजै साँझ बसेको मन्त्रिपषिद् बैठकले उक्त सहमति अनुमोदन गर्दै चन्द नेतृत्वको नेकपालाई लगाइएको प्रतिबन्ध समेत फुकुवा गरिसकेको छ ।

सहमतिसँगै सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध पनि हटाएको छ । सरकारले विप्लव समूहका पक्राउ परेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति समेत गरेको छ । योसँगै विप्लव नेकपा खुला र शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको छ ।

 

 
 
  
 

You may also like