तिलोत्तमाको प्रशासनिक भवन उद्घाटन

बुटवल । तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन भएको छ । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले तिलोत्तमामा निर्मित प्रशासनिक भवनको उद्घाटन गरेका हुन् । आज आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्रीले उक्त भवनको उद्घाटन गरेका हुन् । यससँगै तिलोत्तमा नगरपालिकाले मणिग्राममा नवनिर्मित भवनबाट प्रशासकिय काम कारवाही सञ्चालन गर्ने छ ।

आज उद्घाटन कार्यक्रमका लागि नगरपालिकाको कार्यालय लगायत माताहतका वडा कार्यालयहरु, विषयगत शाखा/कार्यालयहरुबाट प्रवाह गरिने अत्यावश्यक बाहेकका सेवाहरु स्थगन गरिएको छ ।

कार्यक्रममा बाेल्दै अर्थमन्त्री पौडेलले विकासका योजनामा धेरै काम गर्न बाँकी रहेको भन्दै पौडेलले विकासमा अघि बढ्नका लागि विकासको सपना देख्नुपर्ने बताए । उनले सपनलाई योजनामा ढालेर कार्यान्वयन गर्नका लागि सरकार हरदम प्रयासरत रहेको पनि बताए । विकासदेखि हरेक सन्दर्भमा गुणात्मक काम भइरहेको र काम गरेको देख्न नसक्नेहरुले धारिलो प्रहार गरे पनि असफल भएको उनले बताए ।

लोकतन्त्रको स्थापना भएपछि जनता नै सर्वव्यापी भएको सन्दर्भमा अहिलेको सरकार जनताको फैसलालाई सर्वस्व मानी अघि बढेको उनले बताए । ‘राजाको शासन फालेर जनतालाई नै शासनको जिम्मेवारी दिएका हौं’, उनले भने, ‘जनतालाई केन्द्र भागमा राखेर प्रधानमन्त्री नेतृत्वको पार्टीले काम गरिरहेको छ ।’ बाहिरदेखि सरकारलाई ढलाउने प्रयास भइरहे पनि जनताले रुचाएको वर्तमान सरकार पछि नहट्ने पौडेलको भनाइ थियो । विकास, स्वास्थ्य, शिक्षा लगायत हरेक क्षेत्रमा वर्तमान सरकार अन्तर्राष्ट्रिय मुलुककै गतिमा अघि बढेको पौडेलको दाबी गरे ।

 

 
 
  
 

You may also like