स्थानीयद्वारा भत्काईदिए माेतिपुरमा तयार गरिएको मन्च र स्तम्भ

बुटवल । औद्योगिक क्षेत्र निर्माण स्थलको शिलान्यासका लागि आयोजना गरिएको कार्यक्रमको मञ्च स्थानीयले भत्काइदिएका छन् । कार्यक्रममार्फत् नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको थियो ।

कानूनी प्रक्रिया नपुर्‍याई आफ्नो जग्गमा औद्योगिक क्षेत्र निर्माणका लागि शिलान्यास गर्न लागिएको आरोप अगाउँदैं असन्तुष्ट स्थानीयहरुले मञ्च भत्काइदिएका हुन् । अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार शिलान्यास गर्ने कार्यक्रम रहेको थियो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आठ सय विगाहा भन्दा धेरै क्षेत्रफलमा आधुनिक औद्योगिक क्षेत्र निर्माण गर्न लागेको थियो । औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयका प्रमुख निमेष अधिकारीका करिब दुई सय जना स्थानीयहरुले कार्यक्रमस्थल विथोलेका छन् ।
यसअघि स्थानीयले शिलान्यासको निर्णयले परिवारका सदस्यहरु विक्षिप्त भएको र सामुहिक आत्मदाह गर्ने विचार प्रकट भएको बताएका थिए । उनीहरुले वस्ती र जोतभोगको जग्गा उपलब्ध गराइ बाँकी जग्गामा मात्र औद्योगिक क्षेत्र स्थापना गर्न माग गरेका छन् ।

 
 
  
 

You may also like