हत्या गरेर घाँसको भारीसँगै सडकमै पुरियो महिलालाई

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–१ की ४५ वर्षीया सरस्वती कुमाल सोमबार दिउँसो खोल्सी बजारनजिकै सडक कुनामा पुरिएको अवस्थामा मृत फेला परिन् । स्थानीयले सडक निर्माणमा प्रयोग गरिएको ‘डोजरको ठक्करपछि घाइते या मृत्यु भएको’ अवस्थामा सरस्वतीलाई पुरेको हुन सक्ने बताएका छन् । प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेकाले यसै भन्न नसकिने जनाएको छ ।

शारीरिक रूपमा अशक्त सरस्वतीसहित चार महिला सोमबार घाँस काट्न गएका थिए । अन्य तीन जना भने फर्किएको स्थानीयले बताएका छन् । ‘उनले लगाएको चप्पल, उनले बोकेको घाँसको भारी, नाम्लो शव पुरिएकै ठाउँमा पुरिएको छ’, स्थानीय शम्भु पाण्डेले भने, ‘यो नियोजित रूपमा भएको दर्दनाक हत्या हो ।’

 
 
  
 

You may also like