बुटवल उद्योग वाणिज्य संघको मतदान सकियो

by समतल अनलाइन

बुटवल । बुटवल उद्योग वाणिज्यको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। बिहान ९ बजेबाट भएको चुनाव साझ ५ बजेसम्म संघको वालमन्दिरमा भएको हो ।

संघमा १ हजार ६ सय १३ जना मतदाता रहेकोमा ११७४ जनाले मतदान गरेका छन ।

बेलुका साढे ७ बजेदेखि मतगणना शुरु हुने उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार कविन्द्र नेपालले जानकारी दिए।

अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा हालका बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजु र वाणिज्य उपाध्यक्ष हरि अर्याल मैदानमा छन्। अध्यक्ष सहित सचिव, कोषाध्यक्ष र केही सदस्य पदको लागि मतदान भएको हो।

बरिष्ठ उपाध्यक्ष, दुइ उपाध्यक्ष, महासचिव, एशोसिएट सदस्य र उद्योग सदस्य र बाणिज्य सदस्यमा यस अघि नै एक उमेद्वारी परेकाले निरविरोध भएको छ।

निर्वाचनको नतिजा मध्यरातसम्ममा आउने निर्वाचन समितिले जनाएको छ।

 
 
  
 

You may also like