निशानको नया कार म्यागनाईट रुपन्देहीमा लन्च

by समतल अनलाइन

बुटवल । चारपाग्रे सवारीमा विश्वमा नै नाम कमाएको निशानको नया कार म्यागनाईट रुपन्देहीमा लन्च गरिएको छ । निशानको आधिकारिक विक्रेता हाईवे अटो भिल्ला कालिकानगरमा मंगलबार म्यागनाईट बिग बोल्ड बिउटिफुल कार लन्च गरिएको हो ।

अटोभिल्लाका संचालकद्घय दिपक श्रेष्ठ र दिनेश श्रेष्ठका ममतामयी माता श्रीमती शान्तिदेवि श्रेष्ठले दियो बालेर उद्घाटन र कारको लन्च गरेका छन। विश्वमा नै चारपाग्रे सवारीमा निशान उपभोक्तामाझ एक नम्बरमा रुचाईएको सवारीमा पर्दछ । जापानिज डिजाईनमा भारतमा निर्माण भएको कार आकर्षण डिजाईन, सुरक्षा प्रणाली अप्नाईएको र आरामदायीको श्रेणीको भएको उनले बताए ।

संचालक दिनेश श्रेष्ठले लन्चिङकै मंगलबारदेखि अौपचनरिक बुकिङ शुरु भएको बताए । पहिलो दिन ८ वटा सवारी बुक भएको उनले बताए । अहिले यो दुई भेरिएन्टमा कार उपलब्ध रहेको उनले बताए । एचआरएओ इन्जिन टर्बो पेट्रोल इन्जिन र १.० बिफोरडी पेट्रोल इन्जिन रहेको उनले बताए। २९ लाख ४९ हजार देखि ४२ लाख ७९ लाखसम्मका सवारी रहेको उनले बताए ।

बेष्ट ईन क्लास फ्युल ईकोनोमी टर्बोमा २० र नर्मल १८ किलोमिटर पर लिटर दिन्छ। समयसापेक्ष सुविधासम्पन्न र नेपालको बाटो उपयोगी कार भएको उनले दाबी गरे । कारमा भिडिसि, एससिएल, एयर ब्याग, एबिएससंगै नर्मल अडियो र एप्पल कार प्लेयरका साथै एन्टी लक सिस्टमको सुविधा रहेको छ ।
मंगलबार कार बुक गरेका बुटवलका आशिष भुषाल, प्रवेश मानन्धरलाई साचो हस्तान्तरण गरिएको छ ।

यसअघि निशानले स्पोर्ट्स, कम्प्याक्ट कार, क्रसअोभर, सेडन क्याटगोरीमा आरिया, माईक्रा, सन्नी, सेन्ट्रा, रफ, अल्टिमा, जुक, सुभस, लगायत कार बजारमा ल्याईसकेको छ।

 

 
 
  
 

You may also like