बुटवल-नुवाकोट जोड्ने केबलकारको अर्थमन्त्री विष्णु पौडेलद्वारा शिलान्यास

by समतल अनलाइन

बुटवल ।बुटवलबाट नुवाकोबुटवल  सञ्चालन गर्न लागिएको केबलकारको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिलन्यास गरेका छन्। आइतबार बुटवल मावि माथी देउराली डाँडामा आयोजित कार्यक्रममा मन्त्री पौडेलले केबलकारको सिलन्यास गरेका हुन्। ऐतिहासीक तथा धार्मिक स्थल नुवाकोट गढीमा सिद्धार्थ केबलकार प्रालीले केबलकार सञ्चालनको प्रक्रिया अघि बढाएको हो।

पौडेलले अघिल्लो महिनामा नै २०७२ सालमा थालिएको बुटवल बेलहिया सडक खण्डको अन्तिम खण्ड राजमार्ग चौराहादेखि चिडियाखोला खण्डको पनि शिलान्याश गरेका थिए ।

अर्थमन्त्री पौडेलले आज मात्र बुटवलदेखि नुवाकोटगढी पुग्ने करिब २ किलोमिटर दुरीको केवुलकार लाइन निर्माणका शिलान्यास गरेका छन् । पौडेलले गरेको शिलान्याशले सार्थकरुप ग्रहण गरे अवको डेढवर्षमा ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक हिसाबले पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको पाल्पाको तिनाउ–२ मा अवस्थित नुवाकोट गढीसम्म केवुलकारमा बसेर पुग्न सकिने भएको छ । ने भएको छ ।

नुवाकोटमा केबलकार सञ्चालनको लागि सिद्धार्थ केबलकार प्रालीले यस अघि नै सरकारबाट वन क्षेत्र उपयोग गर्ने स्वीकृती लिएर केही काम अगाडि बढाइसकेको छ । केबलकारको आवश्यक पूर्वाधाार निर्माणको काम सुरु भईसकेको प्रालीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिएका छन् । १८ महिना भित्रै बुटवल–नुवाकोट केवुलकार सञ्चालनका लागि करिब ७५ करोडको लगानीमा ठेक्का सम्झौतथा भएको हो । ५० जना पर्यटन व्यवसायीहरु आवद्ध सिद्धार्थ केवलकार प्रा।लिले निर्माणमा लगानी गरेका छन् ।

मनोरम हिमश्रींखलाका साथै तराईका फाँट र भैरहवासम्मका दृष्य देख्न सकिने नुवाकोट गढीसम्म पुग्नका लागि केवुलकार विस्तार हुने भएपछि पर्यटकलाई सहज हुने भएको छ । २२/२४ से राज्यका बेला राजा मणिमुकुन्द सेनको गृष्मकालिन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवा समेत रहेको नुवाकोट सम्म पुग्न केवलकार सञ्चालनसँगै यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने पर्यटन व्यवसायी माधव नेपालले बताए ।

ऐतिहासिक स्थल मणिमुकुन्द सेन उद्धानबाट २ घण्टाको पैदल यात्रा गरी जान सकिने नुवाकोटलाई रुपन्देहीको ऐतिहासिक स्थल जीतगढी किल्लासँग जोडेर विकास गर्ने सरकारको लक्ष्य रहेको छ ।

 
 
  
 

You may also like