प्रधानमन्त्रीले भने ‘अदालतले देशभरका सभालाई हेरेको होला,अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न’

by समतल अनलाइन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बाेच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णयमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताएका छन् ।
ओली समूहले शनिबा र बिराटनगरमा गरेको आमसभामा प्रधानमन्त्री ओलीले देशभर भइरहेका प्रदर्शनको उल्लेख गर्दै अदालतले दबावमा अन्था फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताएका हुन् ।

प्रतिनिधिसभा पुनस्थापना भए सांसद किनबेच, सरकार बनाउने–ढाल्ने खेल सुरु हुने उनको भनाई छ । ‘सर्वोच्च अदालतले देशभर भइरहेको सभालाई हेरेको होला,’ उनले भने ‘ सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संधिानको मम र भावना हेरेको होला ।’ मुलुक निर्वाचनमा गएकाले बैशाख १७ र २७ गते चुनाव हुने बताए ।
जनता निर्वाचनको पक्षमा रहेको बताउँदै उनले शनिबार विराटनगरको सभा ड्रोनले समेत खिच्न नसकेको बताए। ‘क्यामेरा र ड्रोनहरुले पनि फोटो खिच्न सकिरहेको छैन । आकाशमा चन्द्रमाले मात्रै देखिरहेको छ’ उनले भने ।

 
 
  
 

You may also like