काठमाडौंसहित पहाडी क्षेत्रमा वर्षा, उच्च भू–भागमा हिमपातको सम्भावना

by समतल अनलाइन

काठमाडौं। नेपालमा अझै पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण आज (बिहीबार) प्रदेश–१ र २ का केही पहाडी स्थानसहित देशभरको मौसम सामान्य बदली हुने र अपरान्हपछि हलका वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

काठमाडौंमा पनि अपरान्हपछि सामान्य वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ५ दशमलव ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २२ देखि २४ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज बिहान सूर्योदय ६ बजेर ३९ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५७ मिनेटमा हुनेछ ।

 
 
  
 

You may also like