प्रतिगमनविरुद्ध उत्रिएका युवालाई डा. बाबुराम भट्टराईले भने, ‘उदाउँदो नयाँ पुस्तालाई सलाम’

by समतल अनलाइन

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनको विरोधमा उत्रिएका युवाप्रति सम्मान व्यक्त गरेका छन् ।

सडक संघर्ष गरिरहेका युवाको तस्बिर सामाजिक सञ्जालमा राख्दै डा. भट्टराईले उनीहरूप्रति सलाम नै ठोकेका हुन् ।

डाक्टर भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुराना पुस्ताका नेता–पार्टी झर्ला र खाउँला भनेर ज्योतिष, पशुपतिनाथ र शक्ति केन्द्रको मुख ताकेर बसेको बेला प्रतिगमनका विरूद्ध नयाँ पुस्ता र नागरिक आन्दोलकारी सडकमा उत्रनु स्तुत्य छ । संघर्षबाटै पुरानालाई विस्थापित गरेर नयाँ नेतृत्वको उदय हुने इतिहासको नियम हो । उदाउँदो नयाँ पुस्तालाई सलाम !

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको लगातार विरोध गर्दै आएका छन् । उनले प्रतिगमनलाई परास्त गर्न सबै राजनीतिक दलहरुले संयुक्त आन्दोलन गर्नुपर्ने समेत बताउँदै आएका छन् ।

 
 
  
 

You may also like