संयुक्त आन्दोलन गर्नु हुँदैन भन्नु गम्भिर दृष्टिदोष : डा. बाबुराम भट्टराई

by समतल अनलाइन

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध गरिने संयुक्त संघर्षबाट नभाग्न कांग्रेसलाई आग्रह गरेका छन् । नेता भट्टराईले ओलीको प्रतिगमनविरुद्ध आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न् भन्नु गम्भीर दृष्टिदोष भएको समेत बताएका छन् ।

कांग्रेस महामन्त्री शशांक कोइरालाको अभिव्यक्तिप्रति संकेत गर्दै डा.भट्टराईले भनेका छन्, ‘ओली प्रतिगमनविरुद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न् भन्नु गम्भीर दृष्टिदोष हो है !’ नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत हिजो शितयुद्धको बाछिटा परेर काँग्रेस–कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सन समेत स्मरण गराएका छन् ।

उनले भनेका छन्, ‘हिजो शितयुद्धको बाछिटा परेर काँग्रेस–कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सौ । अहिले नयाँ शितयुद्धको छायाँमा त्यस्तै गल्ती नदोहोरियोस् ! संयुक्त संघर्षबाट कोही नभागोस् !’ काँग्रेस महामन्त्री शशांक कोइरालाले ओलीको प्रतिगमनविरुद्ध आन्दोलन गर्नु काँग्रेसको हितमा हुन नसक्ने बताउँदै आएका छन् ।

 

 
 
  
 

You may also like