फागुनबाट लोकतन्त्रविरोधीलाई बढार्ने गरी जनआन्दोलन हुन्छ : अध्यक्ष प्रचण्ड

by समतल अनलाइन

काठमाडौं । प्रतिगमनविरुद्ध सडक आन्दोलन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् ।

उनले भने, ‘हाम्रो सबैसँग कुरा भइरहेको छ । सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातीलाई बढार्छ ।’

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा सातदोबाटो चोकमा पुगेर कार्यकर्तालाई संयमित रुपमा आमहड्ताल सफल बनाउन अध्यक्ष प्रचण्डले आग्रह गरेका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको जानकारी दिएका छन् । सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे आम नागरिकलाई सुसूचित गराउनका लागि पनि सडक आन्दोलन गर्नुपरेको बताएका छन् ।

अहिले लोकतन्त्रविरोधीले लोकतन्त्र आक्रमण गरिरहेको भन्दै अध्यक्ष भने, ‘बन्द नगरी दिए हुन्थ्यो भन्ने नागरिकको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिलेकाँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’ संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको भन्दै प्रचण्डले अब अझ सशक्त आन्दोलन हुने बताएका ।

 

 
 
  
 

You may also like