तराईमा आज पनि बाक्लो हुस्सु, उच्च पहाडी भेगमा हिमपातको पूर्वानुमान

by समतल अनलाइन

काठमाडौँ।पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि तराई भूभागमा बाक्लो हुस्सु लागेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश( १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक दुई स्थानमा हिमपातको सम्भावना छ ।

आज बिहान ५स्४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम २।७ डिग्री मापन गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ २० गते मंगलबार

दिउसो स् देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, सुदूर पश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपाको सम्भावना रहेको छ।

राति स् प्रदेश नं ७ र अन्य देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ २१ गते बुधबार

दिउसो स् देशको सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि पहाडी भू(भागमा आंशिक बदली साथै अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्चपहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिस् देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ।

माघ २२ गते बिहीबार

दिउसो स् देशको सुदुर पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू(भागमा आंशिक बदली साथै अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ।

 
 
  
 

You may also like