“द नेक्स्ट फेस अफ लुम्बिनी” को उपाधी ढकाल र ममतालाई

by समतल अनलाइन

बुटवल ।द नेक्स्ट फेस अफ लुम्बिनीको उपाधि अभिषेक ढकाल र ममता रानाले हात पारेका छन। बुटवलमा करिव एक महिना देखि विभिन्न चरणका अडिसन हुँदै शनिबार भएको फाइनलमा मिसतर्फ ममता राना र मिस्टर तर्फ अभिषेक ढकालले उपाधी जितेका हुन।

दुवै जनाले जिते संगै नगद १५-१५ हजार नगद र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरेका छन् ।

विभिन्न प्रस्तुतीसँगै निर्णायकको प्रश्नमा उत्कृष्ट उत्तर दिएर विजयी बनेका ढकालले विजेतासँगै भ्यूअर्स च्वाइसको उपाधि पनि जित्न सफल भए भने उनीसँगै मिसतर्फ इशिका सुबेदीले पनि भ्यूअर्स च्वाइसको उपाधि जितेकी छन् ।

प्रतियोगितामा मिसतर्फ फ्रस्ट रनर अपको उपाधि उमा पौडेल र मिस्टरतर्फ प्रविन रसाइलीले जितेका छन् भने मिसतर्फ मिना बुढाठोकी र मिस्टरतर्फ रोहन खत्रीले सेकण्ड रनर अपको उपाधि जितेका छन् । त्यसैगरी कल्पना गिरी र विशाल सुनारले कोरियोग्राफर च्वाइसको उपाधि प्राप्त गरेका छन् । बिनिता भण्डारी र इशिका सुबेदीलेले अर्गनाइजर च्वाइसको उपाधि जितेका छन् ।

आयोजक स्टाइल क्रियशनका प्रबन्ध निर्देशक साहिर केसीको अध्यक्षता र बुटवल उपमहानगरपालिका उपप्रमखु गोमादेवी आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न ग्राण्ड फिनालेमा मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल मुख्य निर्णायक रहेकी थिइन् । त्यसैगरी निर्णायकमा म्यूजिक डाइरेक्टर नारायण शर्मा,फेशन डिजाइनर अनुपमा श्रेष्ठ,मोडल तथा कोरियोग्राफर प्रशान्त शाह,डान्सर तथा मोडल शिवा क्षेत्री,द रन वे –२०१८ अञ्जली नेपाली,मिस्टर पश्चिमाञ्चल –२०१९ विशाल मगर रहेका थिए ।

प्रतियोगिताकाचर्चित कोरियोग्राफर सुजित बस्यालले मुख्य कोरियोग्राफरको भूमिका निर्वाह गरेका थिए भने पूजा क्षेत्रीले अशिष्टेण्ट कोरियोग्राफरको भूमिका निर्वाह गरेकी थिइन् । चर्चित कोरियोग्राफर रेशम न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा प्रतियोगितालाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो । प्रतियोगिताको फाइनलकै अवसरमा कलाकार,गायक उज्ज्वल गिरी ‘दानविर’ दानविर , श्रीधर अधिकारी लगाएत विभिन्न कला केन्द्रबाट सांस्कृतिक प्रस्तुती समेत रहेको थियो ।

 
 
  
 

You may also like