प्रेस युनियनको अनतरकृया कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल । नेपाली काँग्रेसको दोस्रो जागरण अभियानमा प्रेस युनियनको भुमीका र संचार क्षेत्रका चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधि माधव नेपालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । केन्द्रीय प्रतिनिधि नेपालले नेपाली कांग्रेसको जागरण अभियानले थप उर्जा संगै कार्यकर्तामा फरक किसिमको उत्साह थपिएको जानकारी गराउनु भएको थियो । प्रजातन्त्रवादीहरु सचेत हुँदाँहुँदै पनि जनतामाथीको आक्रमणले गर्दा सरकारको आलोचना भईरहेको बताउनुभएको थियो ।

पत्रकार माथिको हमलाले गर्दा देशको गती छताछुल्ल भएको र सञ्चार क्षेत्रमा सरकारले गरेको मनपरीका बिरुद्द कांग्रेसले सदनमा आफ्ना माग उठाउँदै आएतापनी सरकारले ति मागको सम्बोधन नगरेको बताउनुभएको थियो । साथै सरकारी सञ्चार क्षेत्रमा कार्यरत केही सञ्चारकर्मीहरुलाई जागिर बाटै निष्कासन गरेर सरकारले प्रेस माथिनै अंकुस लगाउन खोजेको बताउनुभएको थियो । उहाँले यो जागरण अभियान मार्फत बिकास निर्माणमा भएका अबरोधहरुलाई सुचुचित गर्ने र तिस लाख जनतालाई जागरण अभियानमा समाबेश गर्ने अपेक्षा लिएको बताउनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सचिब राम कृष्ण खाडले प्रेस युनियनका पत्रकार माथिको सांकेतिक आक्रमणले सरकारलाई थप गैरजिम्मेवार बनाएको र रेडियो नेपालमा कार्यरत पत्रकारहरुको जागिरको पुनर्वाली गर्नुपर्ने बताउनुभएको थियो । साथै जागरण अभियानले रुपन्देहीका कार्यक्रता माझ उत्साह पैदा भएको बताउनुभएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल प्रेस युनियन रुपन्देहीका सभापती रेखा भुसाल एबम सचिब श्याम शंकर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like